हुम्लामा पहिरोले २४ घरपरिवार विस्थापित « Khabarhub

हुम्लामा पहिरोले २४ घरपरिवार विस्थापित


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – अविरल वर्षासँगै हुम्ला सदरमुकाम सिमकोटलगायत विभिन्न ठाउँमा पहिरोले २४ घरमा क्षति पुर्‍याएको छ ।

सिमकोट गाउँपालिका–३ मा पहिराले आफ्नो घर पूर्णरुपमा क्षति भएको याङ्सो लामाले बताए । घर भत्केपछि छिमेकीको घरमा बस्दै आएको उनले जानकारी दिए ।

सिमकोट, खार्पुनाथ, सर्केगार्ड र ताँजाकोट गाउँपालिकाका २४ घरमा पूर्णदेखि आंशिक क्षति पुगेको प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । भत्किएका घरका ७० कोठामा पूर्ण रुपमा क्षति पुगेको छ । पाँच घर भत्केर कामै नलाग्ने अवस्थामा रहेको उनले जानकारी दिए ।

घर भत्किएपछि उक्त घरपरिवार छिमेकी र त्रिपालमा विस्थापित भएको प्रहरीले जनाएको छ । यही असार ३ देखि ५ गतेसम्म लगातार परेको वर्षाको कारण क्षति पुगेको हो । प्रहरी चौकीभन्दा क्षति पुगेका घर टाढा रहेका कारण प्रहरी मुचुल्का तयार गर्न र क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

क्षति भएकाका लागि राहतको व्यवस्था हुन सकेको छैन । बाढी पहिराले भएका घरबाहेक अन्य थुप्रै ठाउँमा पहिरो खनिएको छ । लगातार वर्षा भइरहेका कारण सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ४ : ५९ बजे

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम- सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल

एनपीएल फाइनल : लुम्बिनीले गुमायो दोस्रो विकेट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

प्रधानमन्त्रीले भारत भ्रमणमा निजी क्षेत्रका समस्यालाई उठाउनुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं- नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले भारतसँगको आर्थिक

एनपीएलको फाइनलमा सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा साविक विजेता

एनपीएल फाइनलको महाभिडन्तमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणको उपाधिका