किशोरी बलात्कारको आरोपमा पक्राउ « Khabarhub

किशोरी बलात्कारको आरोपमा पक्राउ


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षिय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले चौलागाईंलाई काठमाडौँ सुन्धारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो ।

यही असार ५ गते बिहान १० बजे किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएकी थिइन्। निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले आइतबार किशोरीलाई सुन्धारामा फेला पारेर भक्तपुर प्रहरीलाई बुझाएको थियो ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ०१ बजे

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ