जनकपुरको यातायात कार्यालय भोलिदेखि खुल्ने « Khabarhub

जनकपुरको यातायात कार्यालय भोलिदेखि खुल्ने


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय मंगलबारदेखि नियमित खुल्ने भएको छ । यातायात कार्यालयले कोरोना महामारीका कारण बन्द रहेको सेवा सञ्चालन हुने सूचना जारी गरेको हो ।

कार्यालय प्रमुख वीरेन्द्र यादवले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सर्वसधारणको लागि कार्यालयको सेवा सुचारु हुने जानकारी दिए ।

यद्यपि कोरोना महामारीमा भीड नियन्त्रण गर्न केही सेवा घटाइएको छ । कार्यालयबाट सवारी कर, नवीकरण, बाटो इजाजत पत्र, राजस्व दाखिला सेवा, सवारी चालक अनुमति पत्र नवीकरण, प्रयोगात्मक परीक्षा पास भई राजस्व बुझाउन बाँकी सेवाग्राहीको राजस्व बुझाउने सेवा मात्र सुचारु हुने प्रमुख यादवले बताए ।

नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : ४६ बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६