अभिनयसँगै गायनमा चम्किएका यी कलाकार | Khabarhub Khabarhub

अभिनयसँगै गायनमा चम्किएका यी कलाकार


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– कुनै फिल्ममा गीत राम्रो छ भने त्यो फिल्म हिट हुने सम्भावना बढी हुन्छ । अझ त्यो फिल्ममा अभिनय गर्ने कलाकारले गीत गाएको हो भने त यसको सफलताको सम्भावना दुई गुणा बढी हुन्छ ।

बलिउडमा यस्ता कैयौं कलाकार छन्, जसको अभिनयसँगै आवाज पनि राम्रो छ । यहीकारण केही फिल्ममा यी कलाकारले आफ्नो गीत आफैं गाएका छन् । किशोर कुमार, सुलक्षणा पण्डित जस्ता कैयौं स्टार यस्ता छन्, जो आफ्ना लागि मात्र नभई दोस्रो व्यक्तिका लागि पनि गीत गाए ।

बलिउडमा आमिर खान, सलमान खान र अक्षय कुमारले आफ्नो फिल्मका लागि गीत गाइसकेका छन् । यसबाहेक अन्य स्टारले पनि यो शैलीलाई अपनाएका छन् ।

बलिउडकी ‘क्यूट गर्ल’ आलिया भट्ट कुशल अभिनयसँगै राम्रो गीत पनि गाउछिन् । उनले ‘मेन तेन्नु समझौता’को फिमेल भर्सन आफैंले गाएकी छन् र यही गीतबाट उनको स्वरलाई दर्शकले मनपराएका छन् । यसपछि उनले फिल्म ‘हाइवे’ र ‘उडता पञ्जाब’मा पनि आफ्नो स्वर दिइन् ।

अभिनेता अनिल कपूरले फिल्म ‘चमेली की शादी’मा गीत गाएका छन् । उनले फिल्म ‘हमरा दिल आपके पास है’मा पनि हेमा सरदेसाई र सोनाली बेन्द्रेका साथ मिलेर गाएका छन् । उनको स्वरलाई पनि दर्शकले निकै मनपराएका छन् ।

अभिनेता फरहान अख्तरलाई बलिउडको प्रतिभावान कलाकार मानिन्छ । उनी फिल्म निर्माणदेखि लिएर अभिनय र गायनमा उत्तिकै पोख्त छन् । फिल्म ‘रक अन’मा उनको स्वर नसुन्ने सायद कमै होलान् । यो फिल्मको सफलता पछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । उनले यो बाहेक अन्य फिल्ममा पनि स्वर दिइसकेका छन् ।

बलिउडकी ‘देसी गर्ल’ प्रियंका चोपडाले बलिउडमा मा होइन्, अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो गायन कला देखाइसकेकी छन् । उनले पिटबुल जस्तो शीर्ष अन्तर्राष्ट्रिय गायकहरुसँग काम गरिसकेकी छन् । उनले पिटसँग तीन पप गीत गाइन् । उनको नयाँ गीत ‘मै तुम्हें प्यार नहीं कर सकता’ हो । जबकी यसअघि उनले फिल्म ‘मेरी कोम’का अलावा ‘दिल धड्कने दो’को शीर्ष गीतमा स्वर दिइसकेकी छन् ।

अभिनेत्री श्रद्धा कपूरले फिल्म ‘एक भिलेन’मा गीत गाएका थिए र यो गीत निकै हिट साबित भएको थियो । ‘तेरी गलियाँ’मा महिला स्वर श्रद्धाकै थियो । यो फिल्मपछि उनले ‘रक अन २’मा आफ्ना सबै गीत आफैं गाइन् । उनको स्वरलाई धेरैले मनपराएका छन् ।

बलिउड अभिनेता र अभिनेत्रीहरुको पाश्र्व गायक क्लबका अभिनेत्री सोनाक्षी सिन्हाको पनि प्रवेश भएको छ । उनले फिल्म ‘तेवर’बाट गायन यात्रा सुरु गरिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४५ बजे

बसन्तपुर र इन्द्रचोकमा खाद्य अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

काठमाडौं- काठमाडौं महानगरपालिकाले सोमबार वडा नं. २३ र २४ अन्तर्गत

उहिलेका सगिनी अर्थात्‌ तीजका गीत

काठमाडौँ – आज नेपाली हिन्दु महिलाहरूले हरितालिका तीज मनाउँदैछन्‌ ।

एक सयभन्दा धेरै बोइङ जहाज किन्ने कोरियन एयरको योजना

वाशिङ्टन डीसी- कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद

सिद्धार्थ बैंकले दिएको लाभांश लिन गएनन् लगानीकर्ता

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले दिएको लाभांश लिन लगानीकर्ता नगएको

शिवजीको पूजा र ‘सेल्फी’मा रमाउँदै महिला (तस्बिरहरू)

काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीज पर्व मंगलबार देवाधिदेव