भीम रावललाई भेट्न माधव नेपाल पुगे टोखा « Khabarhub

भीम रावललाई भेट्न माधव नेपाल पुगे टोखा


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष भीम रावलसँग भेट गरेका छन् । रावललाई भेट्न नेता नेपाल उनकै निवास टोखा पुगेका हुन् ।

बुधबार भएको आफूपक्षीय स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् ।

नेपालका मुख्य सहयोगीका रुपमा रहेका रावलले साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालको निर्णयप्रति असहमति जनाएका थिए । पार्टी एकताका लागि जोड दिँदै आएका रावलले नेतृत्वप्रति असन्तुष्टि राख्दै साउन ३ गते नै सांसद पदबाट राजीनामा दिएका थिए । यद्यपि उनको राजीनामा स्वीकृत भइसकेको छैन ।

रावल एमाले कार्यदलमा नेपाल पक्षको वार्ता टोलीका संयोजक पनि थिए । उक्त कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको थियो । कार्यदलले तयार गरेको उक्त सहमतिलाई एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकले अनुमोदन गरिसकेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ७ : ०५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले