सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि ? « Khabarhub

सुत्केरीलाई प्रोत्साहन भत्ता एक वर्षपछि ?


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- चंखेली गाउँपालिककाकी एक सुत्केरीले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता पाएकी छन् ।

प्रदेश सरकारबाट आउनुपर्ने रकमको निकासा ढिलो गरी आएपछि गाउँपालिकाले एक वर्षपछि सुत्केरी प्रोत्साहन भत्ता दिएको हो।

गाउँपालिकाले स्वास्थ्यचौकीमा निकासा दिन ढिलो गरेपछि सरकारी स्वास्थ्य संस्थामा गत साउनमा सुत्केरीले समेत भत्ता पाउन एक वर्ष कुर्नुपरेको हो। सरकारले गर्भवती तथा सुत्केरीको पोषणमा सुधार ल्याउन ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरे पनि हुम्लाका महिलाले समयमा कहिल्यै सुत्केरी भत्ता पाउँदैनन्।

मेल्छाम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी हर्क बुढाले ढिलो गरी भत्ता आउँदा सुत्केरी निराश बनेको बताए। उनका अनुसार समयमै भत्ता आएको भए विपन्न अवस्थाका सुत्केरीलाई पोषणयुक्त खानेकुरा खान सजिलो हुन्थ्यो।

गाउँपालिकाले गत आर्थिक वर्षमा १ सय ५० महिला सुत्केरी हुने अनुमानसहित यातायात खर्च माग गरेको थियो। तर पालिकाभरि १ सय ६५ सुत्केरी भएपछि भत्ता वितरण गर्न समस्या भएको गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढाले बताए। उनका अनुसार अहिले पनि १ सय ५० सुत्केरीलाई मात्र भत्ता वितरण गरिएको छ। बाँकी १५ जनालाई चालु आर्थिक वर्षको बजेटबाट भत्ता उपलब्ध गराइने उनले जानकारी दिए।

६ वडा रहेको चंखेली गाउँपालिकामा दार्मा, मिमी, श्रीमष्ठा र मेल्छाममा स्वास्थ्य चौकीमा प्रसूति केन्द्र स्थापना गरिएको छ। स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई ३ हजार रुपैयाँ यातायात खर्च दिने गरिएको छ भने उनीहरूले चार पटक गर्भ जाँच गराएबापत थप ४ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउँछन्।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ११ : ०० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक