जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै « Khabarhub

जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापान सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सम्ममा काठमाडौँ आइपुग्ने छ ।

१६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

गत बुधबार र बिहीबार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ ।

यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ । काठमाण्डौमा यो अभियान भोलिसम्म चल्नेछ । देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : १० बजे

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका