जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै « Khabarhub

जापानले दिएको कोरोनाविरुद्धको खोप आज आइपुग्दै


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापान सरकारले नेपाललाई दिएको कोरोना भाइरसविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । जापानले कोभ्याक्स सुविधाअन्तर्गत दिएको अस्ट्राजेनेकाको बाँकी खोप आज र पर्सि सम्ममा काठमाडौँ आइपुग्ने छ ।

१६ लाख डोजमध्ये आठ लाखभन्दा बढी यसअघि नै आइसकेको र बाँकी आज र पर्सिसम्म आइपुग्ने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्मा गौतमले जानकारी दिए ।

गत बुधबार र बिहीबार गरी चीनबाट १६ लाख डोज भेरोसेल खोप आइपुगेको छ । नेपालले साइनोफार्म कम्पनीसँग खरिद गरेको ६० लाख डोजमध्ये पछिल्ला दुई दिनमा १६ लाख मात्रा खोप आइपुगेको हो ।

अहिलेसम्म २४ लाख ४८ हजार कोभिशिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० अस्ट्राजेनेका गरि १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

काठमाण्डौमा हिजोदेखि १८ वर्षमाथिका कक्षा ११ र १२ मा पढ्ने तथा विश्वविद्यालयका विद्यार्थीलाई परीक्षाको प्रवेशपत्र देखाएर भेरोसेल खोपको पहिलो डोज दिन थालिएको छ ।

यस्तै ४० वर्षमाथिका नागरिकलाई पनि खोपको पहिलो मात्रा दिइएको छ । काठमाण्डौमा यो अभियान भोलिसम्म चल्नेछ । देशका अरु ठाउँमा पनि जिल्ला र पालिकाको समन्वयमा खोप अभियान चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १२ : १० बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी