नेपालमा रेलमार्ग : मुआब्जालाई देखाएर रेल्वे स्टेसन नबनाउने षड्यन्त्र भएको गुनासो « Khabarhub

नेपालमा रेलमार्ग : मुआब्जालाई देखाएर रेल्वे स्टेसन नबनाउने षड्यन्त्र भएको गुनासो


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– रेल्वे कम्पनी तथा केही सरकारी संस्थाहरुले बर्दिबासमा मुआब्जालाई बिषय बनाएर रेल्वे स्टेसन नै बनाउन नदिने षड्यन्त्र भइरहेको रेल्वे पीडित संघर्ष समितिले जनाएको छ ।

पीडितहरुलाई चलनचल्तीको मूल्यभन्दा निक्कै कम मुआब्जा निर्धारण गरेर पूर्वाधार निर्माण प्रक्रियालाई लम्ब्याउने दिशातर्फ रेल्वे कम्पनी र सरकारी अधिकारीहरु उन्मुख भएको पीडितहरुको आरोप छ ।

७ वर्ष अघि सन् २०१४ मा भारत सरकारसँगको सम्झौतामा भारतकै ७ अर्ब २० करोड अनुदानमा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेल्वेको पूर्वधार निर्माणको काम थालिएको थियो ।

२ वर्ष अघि नै सकिनु पर्ने समय सीमा भए पनि कहिले मुआब्जा बिवाद त कहिले आन्दोलन जस्ता कारणले अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । अहिले भारतीय रेल्वे कम्पनीले नेपाललाइ पूर्वाधार निर्माण प्रक्रिया तुरुन्त चाँडो अघि बढाउन दबाव दिइरहेको छ भने काम अगाडि नबढाए सम्झौता रद्द गर्नेसम्मको चेतावनी दिइरहेको छ ।

रेल्वे स्टेसनदेखि लिक बनाउनसमेत मुआब्जामै अल्झिरहदा जयनगर–जनकपुर–बर्दिबास खण्डमा ब्रोडजेग रेल्वे चल्ने अन्यौल छ । अहिले बर्दिबास नगरपालिकामा मात्र रेल्वे स्टेसन बनाउन ५८ बिघा जग्गा सरकारले अधिग्रहण गरेको छ भने उक्त जग्गाको उचित मूल्य निर्धारण नभएको भन्दै डेढ सय परिवार आन्दोलित बनेका छन् । औपचारिकरुपमा नै सरकारी तवरबाट मुआब्जाको सुचना प्रकाशित भएपछी रेल्वे पीडित तथा किसानहरुले पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १० : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक