अभिनेता मुकुन्दलाई एक लाख सहयोग « Khabarhub

अभिनेता मुकुन्दलाई एक लाख सहयोग


५ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–घाँटीको शल्यक्रिया गरी घरमा स्वास्थ्य लाभ गरिरहेका अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । विगत २५ वर्षदेखि नेपाली फिल्ममा सफल खलनायकको रूपमा पहिचान बनाएका थापालाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट उक्त सहयोग प्रदान गरिएको हो ।

नेपाल चलचित्र कलाकार संघको अनुशासन समितिका संयोजकसमेत रहेका थापाको निवास काभ्रेको पनौति पुगेर बोर्डका अध्यक्ष दयाराम दाहाल र कोषकी संयोजक वसुन्धरा भुषालले उक्त रकम हस्तान्तरण गरे । भुषाल कोषको स्थापनाकाल देखि नै संयोजक छिन् भने हाल कोषको सदस्य सचिव महेन्द्र साखी छन् ।

संयोजक भुषालले कोषले स्थापना कालदेखि नै गम्भीर प्रकृतिको रोग लागेका फिल्मकर्मीहरूलाई कदर सम्मान स्वरूप सहयोग रकम उपलव्ध गराउदै आएको बताइन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडका, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र संघका उप–महासचिव गोपालकाजी कायस्थ, निर्माता र निर्देशक राज मानन्धरलगायतको उपस्थिति थियो ।

अभिनेता थापाकी छोरी सपनाले बुवा केही हप्ताको आराम र उपचारपछि स्वस्थ हुने जानकारी दिइन् ।

प्रकाशित मिति : ५ भदौ २०७८, शनिबार  ३ : ४० बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि