एएफसी महिला एसियन छनोट : नेपालले हङकङसँग भिड्दै, जित्नै पर्ने दबाब « Khabarhub

एएफसी महिला एसियन छनोट : नेपालले हङकङसँग भिड्दै, जित्नै पर्ने दबाब


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपालले आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम आज हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ ।

प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन् । पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन् ।

समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ । समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ३० बजे

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि

प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बर ११ मा हुने

रामल्ला- प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन एकैसाथ गर्ने

म्याजिकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुरस्थित नवलपुर–मलंगवा सडकखण्डमा म्याजिक जिपको ठक्करबाट

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

कर्णाली– सुर्खेत पश्चिममा पर्ने चौकुने र बराहताल गाउँपालिकाका विभिन्न स्थानमा