१ हजार ८३० सङ्क्रमित डिस्चार्ज, निको हुने दर ९५.९ प्रतिशत « Khabarhub

१ हजार ८३० सङ्क्रमित डिस्चार्ज, निको हुने दर ९५.९ प्रतिशत


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा १ हजार ८३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख ५४ हजार सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.९ प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ५३ पुगेको छ । नेपालमा प्रति १० लाखमा ३७२.५ सङ्क्रमितको मृत्यु भएको तथ्याङ्क छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ५२४ रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला ९ र २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ पुगेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार ३३५ जना सघन उपचार कक्ष (आइसियु), १०७ जना भेन्टिलेटर, २० हजार १६४ जना होम आइसोलेसन, एक हजार ३६० जना संस्थागत आइसोलेसन र २५० जना क्वारेन्टिनमा छन् ।

आज नेपालमा ५५ हजार २४२ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख ३० हजार ८२३ ले पहिलो मात्रा र ५६ लाख २८ हजार ७९२ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : १३ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा