आज थप ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न « Khabarhub

आज थप ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मंगलबार थप सात जिल्लामा वडा अधिवेशन भएको छ ।

काठमाडौँसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन भएको हो । बाँकी १३ जिल्लामा क्रियाशील सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो लागेको छैन ।

गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा मंगलबार अधिवेशन गर्ने कांग्रेसको योजना रहे पनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ/नगर अधिवेशन प्रभावित हुने भएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा