आज थप ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न « Khabarhub

आज थप ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मंगलबार थप सात जिल्लामा वडा अधिवेशन भएको छ ।

काठमाडौँसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन भएको हो । बाँकी १३ जिल्लामा क्रियाशील सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो लागेको छैन ।

गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा मंगलबार अधिवेशन गर्ने कांग्रेसको योजना रहे पनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ ।

समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ/नगर अधिवेशन प्रभावित हुने भएको छ । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने तय गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र