चितवनको ३० प्रतिशत धानबालीमा क्षति « Khabarhub

चितवनको ३० प्रतिशत धानबालीमा क्षति


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुर्‍याएको छ ।

पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन ।

कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ ।

भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए ।

पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ ।

चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ९ : २२ बजे

युएईद्वारा १११ नेपालीलाई आममाफी

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) सरकारद्वारा ईद अल–अधा २०२६ का

सिंहदरबारमै ट्राफिक नियमको बेवास्ता, फुटपाथदेखि सडकसम्म जथाभाबी पार्किङ (तस्बिरहरू)

काठमाडौं– सार्वजनिक सडकमा केही मिनेट सवारीसाधन रोके पनि सर्वसाधारणले ट्राफिक

युक्रेनमा रूसी आक्रमण तीव्र, मृतकको सङ्ख्या २१ पुग्यो

किएभ- युक्रेनमा रूसले गरेको पछिल्लो आक्रमणमा मृत्यु हुनेको सङ्ख्या बढेर २१

प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्षले गरे नेपाललाई साढे तीन खर्ब सहयोग गर्ने घोषणा

काठमाडौं– एशियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कन्दाले प्रधानमन्त्री

एआई चिपको मागले सामसुङको त्रैमासिक नाफामा ऐतिहासिक छलाङ

सियोल- कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी मेमोरी चिपको विश्वव्यापी माग तीव्र रूपमा