पाकिस्तानी आतंकवादीले भारतीय प्रहरी हेडक्वार्टरसहितका १० स्थानमा निगरानी बढाएको खुलासा « Khabarhub

पाकिस्तानी आतंकवादीले भारतीय प्रहरी हेडक्वार्टरसहितका १० स्थानमा निगरानी बढाएको खुलासा


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा पक्राउ परेका पाकिस्तानी आतंकवादीहरुले केही वर्षअघि इण्डिया गेट, प्रहरी हेटक्वार्टरलगायतका १० ठाउँहरुमा निगरानी बढाएको खुलेको छ ।

दिल्ली प्रहरीको विशेष सेलले मंगलबार पक्राउ गरेका पाकिस्तानी आतंकवादीले राजधानी नयाँ दिल्लीका विभिन्न १० स्थलहरुमा निगरानी गरेको पाइएको हो।

पक्राउ परेको अभियुक्त मोहम्मद अशरफले २०११ दिल्ली उच्च अदालत बम विस्फोट हुनुभन्दा पहिले पनि निगरानी गरेका थिए । सन् २०११ को विस्फोटका क्रममा उनको पनि तस्बिर देखिएपछि सोधपुछका क्रममा उच्च अदालत परिसरमा निगरानी गरेको खुलेको हो । तर, विस्फोटमा उनको संलग्नताबारे भने स्पष्ट नभएको बताइएको छ।

यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ। उनको संलग्नताबारे अहिलेसम्म कुनै प्रमाण नभेटिएको र स्रोतहरूले जनाएका छन् ।

यसबाहेक उनले आईटीओस्थित पुलिस मुख्यालयको पनि रेकी गरेका थिए । प्रहरी मुख्यालयबाहिर धेरै समय बस्ने अनुमति नभएका कारण समस्या भएको उनले बताएका छन्।

उनले आईएसबीटीको पनि निगरानी गरेको र सूचना पाकिस्तानी ह्यान्डलरलाई उपलब्ध गराइएको बताइएको छ । उनले इण्डिया गेटको पनि निगरानी गरेको पाइएको छ ।

उनले हताहत धेरै हुने क्षेत्रहरुको पहिचान गर्न निगरानी गरेको बयान दिएकोसमेत स्रोतले जनाएको छ। उनले आतंकवादी कारबाही गर्न चाहेको ठाउँको बारेमा अहिलेसम्म खुलाएका छैनन्।

स्रोत : जी न्यूज

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : ४५ बजे

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

काठमाडौं– यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । 

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘लालीबजार’भन्दा अगाडि ‘गौँथली’, पहिला स्वस्तिमाकै सहायक कलाकार थिइन् सिम्रन

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर ‘लालीबजार’लाई उछिन्दै ‘गौँथली’ यो