गोरखामा ट्रक दुर्घटना, चालकको मृत्यु | Khabarhub Khabarhub

गोरखामा ट्रक दुर्घटना, चालकको मृत्यु


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्रकका चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्मबहादुर थापाले जानकारी दिए ।

गम्भीर घाइते भएका श्रेष्ठको आरुघाट स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । आरुघाट बजारबाट धुन्चेततर्फ जाँदै गरेको बा५ख १२३१ नम्बरको मिनीट्रक माँझगाउँमा अनियन्त्रित भएर सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरी निरीक्षक थापाको भनाइ छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको उनले जानकारी दिए ।

घाइते हुनेमा आरुघाट गाउँपालिका–१ का ३५ वर्षीय राजकुमार गुरुङ र तीन वर्षीया बालिका दिव्या गुरुङ रहेका छन् । उनीहरुको पनि आरुघाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । घाइते दिव्याको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको स्वास्थ्यचौकीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : २७ बजे

संविधान हातमा लिएर सडकमा उभिए पेसाकर्मी

गण्डकी – मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास संविधानभित्रैबाट खोज्नुपर्ने माग

सुनसान सिंहदरबारः भग्नावशेष देखेर कुँडिएको कर्मचारीको मन

काठमाडौं – सधैँभरि भिडभाड देखिने सिंहदरबार परिसर आज कार्यालय सञ्चालन

पोखरामा साँझ ७ बजेदेखि कर्फ्यू आदेश जारी

कास्की । पोखरा महानगर क्षेत्रभित्र आज साँझ ७ बजेदेखि भोलि

जेन–जी आन्दोलनमा तनहुँमा ७८ सवारी, ३१ भौतिक संरचनामा क्षति

दमौली– जेनजी आन्दोलनका क्रममा तनहुँमा ७८ सवारीसाधन र ३१ भौतिक