हिन्दूमाथि आक्रमणको विरोध गर्दै वीरगञ्जमा बंगलादेशविरुद्ध प्रर्दशन | Khabarhub Khabarhub

हिन्दूमाथि आक्रमणको विरोध गर्दै वीरगञ्जमा बंगलादेशविरुद्ध प्रर्दशन

बंगलादेशी प्रधानमन्त्रीको पुत्ला जलाइयो


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– हिन्दू युवाले पर्साको वीरगञ्जमा बंगलादेशविरुद्ध प्रदर्शन गरेका छन् ।

बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दूमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगञ्जमा प्रदर्शन भएको हो ।

विश्व हिन्दू परिषद नेपाल पर्साको आयोजनामा हिन्दू युवाहरुले प्रदर्शन गर्नुका साथै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुत्ला दहन गरेका छन् ।

बंगलादेशमा निरन्तर हिन्दू माथि आक्रमण तथा हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।

हिन्दूमाथि भएको घटना प्रति आक्रोशित परिषद तथा हिन्दू समाजका युवाले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो ।

माईस्थानबाट निस्केको विरोध जुलुस आर्दशनगर, अलखियामठ, अडिअर्वा हुँदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागिहरुले हिन्दूमाथीको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दाबाद, शेख हसिना मुर्दाबाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतंक बन्द गर, जय श्रीराम लगायतका चर्को नाराहरुले लगाएका थिए ।

हिन्दू माथि भईरहेको आक्रमण र मठ मन्दिरमा भईरहेको तोडफोड तथा आगजनि नियन्त्रणमा नलिए त्यसको परिमाण भ्यावह हुन सक्ने आक्रोशित युवाहरुले चेतावनीसमेत दिएका छन् । कोणसभामा बोल्दै हिन्दू युवा राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दू तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए ।

उनले भने, ‘हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानविय कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ । यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दूलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दूपनि सुतिरहेको छैन ।’

तस्वीर: विश्व हिन्दू परिषद नेपाल पर्सा

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ११ : २७ बजे

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको छैटौँ तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९