हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार | Khabarhub Khabarhub

हुम्लाको तुम्लिङमा फसेका १२ जनाको उद्धार


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको नाम्खा गाउँपलिका–६ लिमीको तुम्लिङमा फसेका १२ जनाकै उद्धार गरिएको छ । हेलिकप्टरमार्फत १२ जनालाई नै तुम्लिङबाट सिमकोट ल्याइएको हो ।

ट्रेकिङ एजेन्सीको सहयोगमा १२ जनाकै हेलिकोप्टरबाट उद्दार गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

असोज २२ गते ट्रेकिङका स्लोभेनियाका चार विदेशी पर्यटक, तीन टुरिस्ट गाइड र पाँच स्थानीय हिल्साहुँदै लिमी उपत्यका गएका थिए ।

ट्रेकिङ सकेर सिमकोट फर्कदै गर्दा बाक्लो हिमपातका कारण तुम्लिङमा फसेका थिए । तुम्लिङबाट सिमकोट आउने मुख्य बाटो न्यालु लेकमा बाक्लो हिमपातले चार दिनदेखि अवरुद्ध छ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १ : ३१ बजे

बोल्सोनारोलाई २७ वर्ष जेल सजाय, ब्राजिल विभाजित

ब्रासिलिया- ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई बिहीबार २७ वर्षको

पोल्यान्डको सीमा नीति असन्तुलित : रूस

मस्को- रूसले पोल्यान्डलाई बेलारुससँगको सीमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न

गण्डकी प्रदेशभर फरार रहेकामध्ये ७० जना कैदीबन्दी प्रहरी नियन्त्रणमा

काठमाडौं– जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कारागारबाट भागेका ७० जना

पाँच दिनदेखि शवको पखाईमा परिवार

राँझा– जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी