नेपाल फर्किए राजदूत भारद्वाज | Khabarhub Khabarhub

नेपाल फर्किए राजदूत भारद्वाज


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाज आफ्नो कार्यकाल समापन गरी नेपाल फर्किएका छन् । दूतावासको तर्फबाट एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उनलाई बिदाइ गरेको छ ।

कार्यक्रममा नियोग उपप्रमुख लक्ष्मण खनाल तथा अन्य कूटनीतिक एवम स्थानीय कर्मचारीहरुले उनको आगामी जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

यसघि नेपाल सरकारले फ्रिता बोलाएपछि राजदूत भारद्वाजले कतारका अमिर शेख तामिम बिन हमाद अल थानीसँग भेट गरी आमिर र राज्यका अधिकारीहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिँदै दुई देशबीचको सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याएको बताएका थिए ।

अघिल्लो सरकारले राजनीतिक नियुक्तिको आधारमा नियुक्त गरेको राजदूतहरु फिर्ता बोलाउने निणर्य गरेसँगै उनी आफ्नो कार्यकाल नसकिदै स्वदेश फर्किएका हुन् ।

उनले संसदीय सुनुवाइ समितिमा कतारका राष्ट्र प्रमुखको नेपाल भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता जनाए पनि त्यो पूरा गर्न नपाउदै सरकारले फिर्ता बोलाएपछि नेपाल फर्किएका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ३ : ०४ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ