बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्तावित « Khabarhub

बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको नाम प्रस्तावित


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बागमती प्रदेशसभामा बैठकमा गठबन्धनकातर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरिएको छ ।

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेलले शाक्यलेलाई विश्वासको मत दिन नसक्ने बताए ।

उनले गठबन्धनको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको बताए ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ५ : १५ बजे

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको

मैरिनेरा जहाज पक्राउ गैरकानुनी भएको रुसको दाबी

काठमाडौं– रूसले  ‘मैरिनेरा’ नामक जहाज पक्राउ गरिएको घटनालाई अन्तर्राष्ट्रिय समुद्री

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै

दमौली–केशवटार जोड्ने सडक कालोपत्र

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले