वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री « Khabarhub

वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरूलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् । आज शुक्रबार ललितपुरमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सो कुरा बताएका हुन् ।

गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानिँया प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको उपस्थिति रहेको छ।

कार्यक्रमको उद्‍घाटन शत्रमा मन्तव्य राख्दै गृहमन्त्री अर्यालले वर्तमान सरकारको पहिलो म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र दोश्रो म्यान्डेट जेन-जी जनआन्दोलनबाट प्राप्त म्यान्डेट गरी मुख्य रुपमा दुई वटा म्यान्डेट रहेको बताए । 

पहिलो म्यान्डेट सम्बन्धमा सरकार निर्वाचनमा होमिइसकेकोले तोकिएको मितिमा नै निर्वाचन हुनेमा शंका नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे ।

त्यस्तै दोश्रो म्यान्डेटको सम्बन्धमा जेन-जी जन आन्दोलन सुशासन कायमको लागि भएको बताउँदै सुशासन कायम राख्न सरकार कटिवद्ध भएको बताए। 

तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरे।

कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सरकारमा रहेका मन्त्रीहरूका गतिविधिले निर्वाचनको वातावरण बिगार्न सक्ने तर्फ सचेत गराउँदै स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने विषयमा जोड दिए।

मुख्यमन्त्री बानियाँले अहिलेको निर्वाचनमा विगतका निर्वाचनको समयमा जस्तो भय र त्रासको वातावरण नभएको तर अविश्वासको वातावरण भने कायम रहेको बताउँदै कृतिम बौद्धिकता, इन्टरनेट लगायतको प्रयोगबाट हुन सक्ने भ्रामक समाचार सम्प्रेषण र आसन्न निर्वाचनमा तिनको असरबारे सचेत रहन गृह मन्त्रालय र सुरक्षा निकायहरूलाई सचेत गराए।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ३९ बजे

अर्थ प्रशासन सुधार र भ्याट प्रणालीमा एकल दरको सुझाव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा अर्थविद्हरूले कर प्रशासनको पुनःसंरचना, सार्वजनिक

आशिकाले भनिन्- बाँदर आतङ्क रोक्न किसानलाई अदुवा, बेसारलगायत खेती गर्न लगाऔँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले मानव–वन्यजन्तु द्वन्द्व कम गर्न

हरि ढकालको माग : जेन-जी आन्दोलनका घाइतेको उपचारमा कुनै कन्जुस्याइँ नगरियोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले जेन-जी आन्दोलनका घाइतेको

प्रतिपक्षीको निरन्तर विरोधपछि प्रधानमन्त्री खोज्न निस्किए सभामुख

काठमाडौं- प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेपछि सभामुख डोलप्रसाद अर्याल सिंहदरबारभित्रै

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन