दमौली–केशवटार जोड्ने सडक कालोपत्र « Khabarhub

दमौली–केशवटार जोड्ने सडक कालोपत्र


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो ।  

कूल १४ किलोमिटर दूरीको सडकमध्ये यसअघि सात किमि सडक कालोपत्र गरिएको उक्त सडकमा अहिले प्रदेश सरकारको बजेटबाट दुई किमि सडक ढलान गरिएको छ । 

गण्डकी प्रदेश सरकारको पाँच करोड लागतमा नाला निर्माण, सडक विस्तार र कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारको अघिल्लो वर्षको बजेटबाट निर्माण कार्य बढाइएकामा उक्त कार्य सम्पन्न भएपछि अब पाँच किमि सडक कालोपत्र हुन बाँकी रहेको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘एक सातादेखि अहिले उक्त खण्डमा सवारी आवतजावत रोकिएको छ । केशवटार–कुलुड हुँदै राजमार्ग भएर दमौली जाने आउने  गरेका छन् ।’ 

दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लागिएको छ । सहरी पूर्वाधार विकास तथा शासकीय कार्यक्रमअन्तर्गत विश्व बैंकको ६ करोड ऋण अनुदान व्यास नगरपालिकाबाट स्वीकृत भएर दोस्रो चरणका लागि प्रक्रिया अघि बढाइएको व्यासका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारबाट रु एक करोड बजेट पुनः विनियोजन भएको तथा केशवटार मोटरमार्ग स्तरोन्नतिका लागि नगरपालिकाले पटकपटक गरी हालसम्म करिब चार करोड बजेट विनियोजन गरिसकेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए। 
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ३४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी