सार्वजनिक शिक्षालाई प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री पौडेल « Khabarhub

सार्वजनिक शिक्षालाई प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री पौडेल


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

बिहीबार शिक्षा पत्रकार सञ्जालसँगको भेटमा मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।

उनले भने, ‘संविधानले व्यवस्था गरेको शिक्षा सम्बन्धी मौलिक हकलाई सबैले पाउने गरी काम गर्ने योजनामा छु ।’

शिक्षा मन्त्रीमा नियुक्ति भएको धेरै समय नभएकाले केही समय शिक्षा क्षेत्रको विषयमा अध्ययन गर्न समय लाग्ने र त्यसपछि सुधार गर्नुपर्ने सबै क्षेत्रलाई सुधार गर्दै लैजाने उनले बताए ।

ऐन, नीति, नियम लगायत शिक्षक दरबन्दीका समस्याहरु समाधान चरणवद्ध रुपमा गरिने उनको भनाइ छ ।

सार्वजनिक शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने सन्दर्भमा विज्ञहरुसँग छलफल भइरहेको उनले बताए । बेरोगार उत्पादन गर्ने शिक्षा नभएर आत्मनिर्भर बनाउने शिक्षातर्फ आफू लाग्ने उनको भनाइ छ ।

कसैको दबाबमा नआएर सार्वजनिक शिक्षालाई सुधार गर्ने र जनताका बालबालिकालाई संविधानले व्यवस्था गरेको मौलिक हकलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्ने विषयमा आफ्नो ध्यान केन्द्रित हुने उनको भनाइ छ । उनले भने, ‘शिक्षामा व्यवसाय गर्ने होइन । व्यवसायका लागि अन्य क्षेत्र छन् ।’

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : ३० बजे

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

टरिगाउँ विमानस्थल : न त जहाजको टुङ्गो, न त बजेटकै

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल नेपालकै पुराना विमानस्थलमा