मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमा मतदान नगरी बागमती प्रदेशसभा बैठक स्थगित « Khabarhub

मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमा मतदान नगरी बागमती प्रदेशसभा बैठक स्थगित


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– बागमती प्रदेशसभाको बैठक १० कात्तिकमा बस्ने भएको छ । बिहीबार बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथि दलीय धारणा राखिएको छ । सो प्रस्तावमा मतदान नगरी बैठक स्थगित गरिएको हो ।

दलीय धारणा राख्ने क्रममा विपक्षी गठबन्धनले मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसक्ने भन्दै आफूहरूको तर्फबाट मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेको नाम प्रस्ताव गरेका छन् ।

दलीय धारणापछि प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले विश्वासको मत माग्ने प्रस्तावमाथिको बाँकी प्रक्रिया १० कात्तिक बुधबार दिउँसो १ बजे बस्ने बैठकमा अघि बढ्ने जानकारी दिए ।

प्रदेशसभामा १०९ जना सांसद छन् । सरकार बनाउनका लागि ५५ जना सांसदको समर्थन आवश्यक पर्छ । तर, प्रदेशसभामा अहिले एमालेसँग ४३ जना सांसद छन् । यो संख्या सरकार बनाउन १२ सांसद अपुग हो ।

माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी) का १३, विवेकशील साझाका दुई, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक जना सांसद छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  ६ : २४ बजे

इन्डोनेसिया-भारतबीच रक्षा, समुद्री सुरक्षा र महत्वपूर्ण खनिजमा सहकार्य विस्तार

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा औद्योगिक

इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति

जकार्ता- भारत र इन्डोनेसियाले रक्षा, महत्वपूर्ण खनिज, समुद्री सुरक्षा तथा

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो

कर्णाली– यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’