कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी « Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि निर्वाचित भए।

निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी भए । सोही प्रदेशसभाको सभापतिमा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी भए ।

यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ (क) अधिवेशनबाट व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापा, व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास–८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ (क) बाट माग्दे गाउँपालिका–१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे–३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे–४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भए । तनहुँ क्षेत्र नम्बर २ (ख) मा ऋषिङ गाउँपालिकाकी–७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित भए ।

जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भए । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भए । यसैगरी व्यास नगरपालिका–२ की वडा सदस्य राधिका परियार तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ३२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,