कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि विजयी


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत तनहुँका चार प्रदेशसभा क्षेत्रका विभिन्न पदमा जिल्लाका जनप्रतिनिधि निर्वाचित भएका छन्। प्रदेशसभा क्षेत्रको विभिन्न पदमा उम्मेदवारी दिएका अधिकांश जनप्रतिनिधि निर्वाचित भए।

निर्वाचनबाट आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र देवघाट गाउँपालिकाका उपाध्यक्ष विमला थापा तनहुँ क्षेत्र नम्बर १ (ख) बाट प्रदेश प्रतिनिधिमा विजयी भए । सोही प्रदेशसभाको सभापतिमा व्यास–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ विजयी भए ।

यसैगरी व्यास नगरपालिकाका कार्यपालिका सदस्य तमबहादुर दरै र अमृत नेपाली सोही प्रदेशसभाको प्रतिनिधिमा निर्वाचित भएका छन् । तनहुँ क्षेत्र नम्बर १ (क) अधिवेशनबाट व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापा, व्यास–१० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास–८ का वडाध्यक्ष ओजराज पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् ।

तनहुँ क्षेत्र नम्बर २ (क) बाट माग्दे गाउँपालिका–१ का वडाध्यक्ष शिवशरण वाग्ले, म्याग्दे–३ का वडाध्यक्ष श्रीबहादुर आले, म्याग्दे–४ का वडाध्यक्ष शिवबहादुर थापा र शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल प्रदेश प्रतिनिधिमा निर्वाचित भए । तनहुँ क्षेत्र नम्बर २ (ख) मा ऋषिङ गाउँपालिकाकी–७ की वडाध्यक्ष भविसरा आले प्रदेश प्रतिनिधिमा निर्वाचित भए ।

जिल्ला समन्वय समितिका सदस्य अर्जुन अधिकारी तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भए । जिल्ला समन्वय समितिकै सदस्य सरस्वती गौतम तनहुँ २ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भए । यसैगरी व्यास नगरपालिका–२ की वडा सदस्य राधिका परियार तनहुँ १ (क) बाट प्रदेश प्रतिनिधिमा पराजित भए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ६ : ३२ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले