ए डिभिजन लिग : ब्रिगेड र एपीएफ तथा मनाङ र जावलाखेल भिड्दै « Khabarhub

ए डिभिजन लिग : ब्रिगेड र एपीएफ तथा मनाङ र जावलाखेल भिड्दै


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ।

आज दुबै टिम सुरुआती खेलमा जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको कप्तानीमा तथा सनोज श्रेष्ठको प्रशिक्षणमा मैदान उत्रनेछ ।

पूर्वखेलाडी कुमार थापाको प्रशिक्षणमा रहेको एपीएफ टोपबहादुर विष्टको कप्तानीमा खेल्नेछ । दिनको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कीर्तिमानी आठौं पटकको मनाङ र जावलाखेलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा हुनेछ ।

राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको मनाङ अन्जन विष्टको कप्तानीमा हुनेछ भने किशोर केसीको प्रशिक्षणमा रहेको जावलाखेल कुलदिप कार्कीको कप्तानीमा छ । जावलाखेल मनाङलाई हराउदै अप्रत्याशित नतिजा दिन चाहन्छ ।

१४ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्नेछन् ।

शनिबार भएको खेलमा संकटा क्लब र हिमालयन शेर्पाले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे भने थ्री स्टारले छिमेकी च्यासल युथलाई ३-० ले पराजित गर्दै शीर्षस्थानमा रह्यो ।

यसअघि उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नव प्रवेशी सातदोबाटोले गोलरहित बराबरी खेले ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : २१ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

रसुवाको धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु

भक्तपुर– यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत

भोटेकोशी बाढी : ५५३ जनाको शव भेटियो, एक हजार ४७३ को उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी

आज शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल भदौ १३ गते शनिबार सन् २०२६ अगष्ट