कानुनव्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने (भिडियोसहित) « Khabarhub

कानुनव्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने (भिडियोसहित)


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै चौँथो चरणमा आन्दोलनमा होमिएका उनीहरुले आज देशभर बहस पैरवी बन्द गर्ने भएका हुन्।

गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको नेपाल बार एशोसिएशनले न्यायपालिकाको विकृति, विसंगति, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र सुधार र शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई मुख्य शर्त बनाएको छ ।

बारको नेतृत्वमा सर्वोच्च अदालतमा गरिएका शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन हतियारसहित ठूलो संख्यामा दंगा प्रहरी प्रवेश गराइएको भन्दै उसले देशव्यापी आन्दोलनको घोषणा गरेको हो ।

बारको आन्दोलनको कार्यक्रम

भोलि सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म कालो पट्टीसहित धर्ना दिने ।
संसदमा रहेका सबै राजनीतिक दललाई ज्ञापनपत्र र ध्यानाकर्षण पत्र बुझाउने ।

पर्सी मंगलबार हदम्याद गुज्रिने अवस्थाको अन्तिम म्यादबाहेक कुनै पनि अदालत र न्यायाधीकरणमा फिराद, प्रतिउत्तर, पुनरावेदन रिट, लिखित जवाफ, बहस नोट केही पनि दर्ता नगर्ने ।

बुधबार देशभरका सबै उच्च अदालतमा बृहत् विरोधसभा गर्ने।

बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै बार इकाइ सहभागी हुने गरी सर्वोच्चमा धर्ना दिने ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : २६ बजे

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि

ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न सुधन गुरुङको माग

काठमाडौं– पूर्वगृहमन्त्री सुधन गुरुङले ईश्वरी भुजेलको हत्यामा संलग्न व्यक्तिमाथि कडा

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ

काठमाडौं- आर्कषक सेवा सुविधाको प्रलोभन देखाइ ग्रीस र जापान पठाइदिन्छु

चौथो संस्करणको काठमाडौँ–कलिङ्गा साहित्य महोत्सव सुरु

पाटन (ललितपुर)- चौथो संस्करणको काठमाडौं–कलिङ्गा साहित्य महोत्सव आजदेखि ललितपुरमा सुरु

बालजु प्रहरी कार्यलय पुगे पूर्वगृहमन्त्री गुरुङ

काठमाडौं- पूर्वगृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यलय पुगेका छन् ।