चिराइतोको मूल्य बढेपछि किसान हर्षित « Khabarhub

चिराइतोको मूल्य बढेपछि किसान हर्षित


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- बहुउपयोगि जडीबुटी चिराइतोको मूल्य बढेपछि यहाँका किसान उत्साहित भएका छन् ।

चार/पाँच वर्ष अगाडिदेखि लगातार ओरालो लागेको चिराइतोको मूल्य यसवर्ष वृद्धि भएको हो । पछिल्लो समय मूल्यमा कमी आएपछि धेरै किसानले यसको खेतीलाई छाड्दै गएका थिए । अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् ।

गत वर्ष आठदेखि दश हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु २६ देखि २८ हजारसम्ममा बिक्री भइरहेको किसान एकराज विष्टले जानकारी दिए ।

यसअघिका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएका थिए । तर यस वर्षबाट मूल्य बढेपछि उनीहरु यसको विस्तारमा जुटेको उनको भनाइ छ ।

‘११ रोपनी बारीमा चिराइतोखेती गरिरहेको छु । मूल्य बर्सेनि वृद्धि हुनको साटो घटेका कारण मनमा उत्साह कम थियो, तर यस वर्ष केही भए पनि मूल्य बढेको छ । म जस्ता किसानमा खुसी थपिएको छ  । गतवर्ष मैले  प्रतिमन रु ६ हजारमा बिक्री गरेको थिए’, उनले भने ।

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने स्थानीय किसान देवबहादुर विष्टले जानकारी दिए ।

विशेष गरेर एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने डिभिजन वन कार्यालय भोजपुरको भनाइ छ । कार्यालयले पनि यस्ता ठाउँको छनोट गरेर चिराइतो खेतीको लागि आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ । जिल्लाको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौंछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रुपमा छन् ।

जिल्लामा गतवर्ष ३३ हजार ४०० केजी चिराइतो उत्पादन भएको सो कार्यालयले जनाएको छ । खेती विस्तारका लागि जिल्लाको माथिल्लो भेगका किसानलाई प्रोत्साहनमूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १ : ३५ बजे

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव