श्रेष्ठ-चन्द भेटवार्ता, नेकपा र माओवादी एकताबारे छलफल « Khabarhub

श्रेष्ठ-चन्द भेटवार्ता, नेकपा र माओवादी एकताबारे छलफल


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।

भेटमा पार्टी एकता, आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन लगायत विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ । विप्लवले सुरुमा माओवादीसँग कार्यगत एकता र गर्ने भविष्यमा पार्टी एकता गर्नेगरी अघि बढेका छन् ।

भेटमा विगतको जनयुद्ध, शान्ति सम्झौता र अन्य समसामयिक विषयमा पनि छलफल भएको श्रेष्ठका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार विप्लवलाई नारायणकाजीले अंकमाल गरेर स्वागत गरेका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  २ : २६ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बेत्रावतीको एउटै घरभित्र भेटिए २२ वटा शव

नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ १६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १६ गते मंगलबार सन् २०२६

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको