न्यूनतम अंक प्राप्त नगरेसम्म प्रमाणपत्र उपलब्ध नगराउन कार्यदलको सुझाव « Khabarhub

न्यूनतम अंक प्राप्त नगरेसम्म प्रमाणपत्र उपलब्ध नगराउन कार्यदलको सुझाव


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यार्थीले न्यूनतम अङक प्राप्त नगरेसम्म प्रमाणपत्र उपलब्ध नगराउन सरकारलाई सुझाव दिएको छ ।

अक्षराङ्कन (ग्रेडिङ) विधिले विद्यार्थीको सिकाइ गुणस्तर खस्किएको जनाउँदै कार्यदलले विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अङ्क ल्याउनै पर्ने र न्यूनतम अङ्क प्राप्त नगरे प्रमाणपत्र उपलब्ध नगराउन सुझाव दिएको हो ।

विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम आधार श्रेणी आन्तरिक वा प्रयोगात्मकमा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ प्रतिशत हुनेगरी न्यूनतम अङ्क तोक्नुपर्ने कार्यदलको सुझाब रहेको छ । कार्यदलले कक्षा ८, १० र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमाणपत्र दिन सुझाव दिएको हो ।

न्यूनतम अङ्क तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्पिलिटेड’ भनेर उल्लेख नगर्न पनि कार्यदले सुझाएको छ ।

विद्यार्थीले आन्तरिक वा प्रयोगात्मकतर्फ ‘सी’ र आवधिक वा सैद्धान्तिकतर्फ ‘डी’ ग्रेड प्राप्त गरी समग्रमा ‘डी’ ग्रेड प्राप्त गर्न नसकेसम्म सो तह पूरा भएको नमानी मूल प्रमाणपत्र पनि नदिन उपयुक्त हुने कार्यदलको सुझाव रहेको छ ।

विद्यार्थीहरुमा जति ग्रेड आए पनि ‘उत्तिर्ण’ भइन्छ अर्थात् माथिल्लो तहमा उक्लिन पाइन्छ भन्ने गलत प्रवृत्ति वा सोच बढेकाले न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्था गर्न सरकारलाई कार्यदलले सुझाव दिएको हो ।

विशेष गरी सिकाइमा कमजोर विद्यार्थीहरु पढाईमा बढी लाप्रवाही बन्दै गएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ । विद्यार्थीहरुमा कमजोर विषयमा किन मरिमरी पढ्नुपर्‍यो  पास भइ हालिन्छ भन्ने सोचको विकास भएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यदलले माध्यामिक शिक्षा परीक्षा (कक्षा) १० मा नन ग्रेड प्राप्त विद्यार्थीले प्राविधिक तथा व्यवसायिक तालिम÷शिक्षातर्फका प्रिडिप्लोमा र सो सरहका कोर्समा भर्ना भई अध्ययन गर्न पाउने जनाएको छ ।

त्यस्ता विद्यार्थीले सोही वर्ष ग्रेड वृद्धिका लागि दुई विषयसम्मको पुनः परीक्षा दिन र अर्को वर्ष सबै विषयको परीक्षा दिन पाउने व्यवस्था गर्न पनि कार्यदलको सुझाव छ ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले २०७७ भदौ ११ गते नेपालमा ग्रेडिङ पद्धतिबारे अध्ययन गरी प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलमा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रा.डा. पारसनाथ यादव, काठमाडौं विश्वविद्यालयका प्राडा. बालचन्द्र लुइटेल, पाठ्यक्रम विकास केन्द्रका तत्कालिन महानिर्देशक केशवप्रसाद दाहाल र सदस्य सचिवमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराई रहेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ३ : ३५ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ