आचार्य बालकृष्ण ओशो तपोवनको अवलोकनमा « Khabarhub

आचार्य बालकृष्ण ओशो तपोवनको अवलोकनमा


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गरेका छन् । आइतबार बिहान उनी नागार्जुनस्थित ओशो तपोवन पुगेका थिए ।

तपोवनमा आचार्य बालकृष्ण लगायतको टिमलाई वोधिसत्व स्वामी आनन्द अरुणले बिषेश स्वागत गरे ।तपोवन भित्र रहेको पुस्तकालय, ओशो समाधी, शिवपुरीबाबाको मन्दिर , मृत्युपार्क तथा कविर मन्दिरको दर्शन गरेका आचार्यले अध्यात्मिक जागरणका लागि ओशो तपोवनले गरिरहेको कामको प्रशंसा गरे ।

आचार्य बालकृष्णले आफूहरु तपोवनको प्रशंसक रहेको भन्दै योग र अध्यात्मको विषयमा पतञ्जली तथा ओशो तपोवनबीच सहकार्य गर्ने बताए । योग र ध्यानको महत्व बिश्वले बुझ्दै गएकाले तपोवन जस्ता आध्यात्मिक गन्तब्यहरुको महत्व दिनदिनै बढिरहेको उनको भनाइ थियो । आचार्य बालकृष्णलाई तपोवनमा स्वागत गर्न एनआरएनका दुई पूर्व अध्यक्षहरु उपेन्द्र महतो तथा भवन भट्ट पनि तपोवन पुगेका थिए ।

यसैबीच आइतबार बिहानै वोधिसत्व स्वामी आनन्द अरुणलाई फोन गर्दै बाबा रामदेवले ब्यस्तताका कारण तपोवन आउन नसकेको बताउँदै अध्यात्मको क्षेत्रमा ओशो तपोवनले खेलिरहेको भूमिका अत्यन्तै ठूलो रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : ३० बजे

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा