सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नु गर्नुपर्छ : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सही र सत्य सूचना प्रवाह गर्न सञ्चार जगतले महत्वपूर्ण भूमिका खेल्नु गर्नुपर्छ : मन्त्री श्रेष्ठ


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले सही र सत्य सूचना प्रवाह गर्ने दायित्व पुरा गर्न सञ्चार जगत जिम्मेवार बन्नुपर्ने बताएकी छन् ।

प्रेस सेन्टर नेपाल रेडियो नेपाल शाखाको आइतबार भएको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले विकास र सुधारका साझा सवालमा विषय कसले उठायो भन्ने नहेरी राम्रा कामका लागि संयुक्त प्रयासमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।

मन्त्री श्रेष्ठले रेडियो नेपाल लगायतका सरकारी सञ्चार माध्यमहरुले संविधान अनुसार ऐन, कानुन र नियमावलीहरु समय सापेक्ष बनाउनुपर्नेमा पनि जोड दिइन् ।

मन्त्री श्रेष्ठले सरकारी संचारमाध्यमहरु पूर्वाग्राही बन्न नहुने भन्दै निष्पक्ष भएर सही सूचना प्रवाह गर्ने भूमिका निर्वाह गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताइन् ।

उनले प्रशारण पहुँचमा बृद्धि, गुणस्तरीय विषयवस्तु प्रशारण र मर्यादित पत्रकारिताको विकास गर्न रेडियो नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्ने पनि बताइन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ०३ बजे

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको आग्रह- राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक

चौध वर्षदेखि ‘शीत भण्डार’ प्रयोगविहीन

फिक्कल– इलाम सदरमुकामस्थित ‘नेपाल–भारत मैत्री शीत भण्डार’ विगत १४ वर्षदेखि

संघीयताले नवप्रवर्तनका योजनालाई प्राथमिकता दिएको छ : मुख्यमन्त्री आचार्य

देउखुरी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  नवप्रवर्तन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा