मलाई डाक्टरले लड्न हुँदैन भनेका छन् : ओली « Khabarhub

मलाई डाक्टरले लड्न हुँदैन भनेका छन् : ओली


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताएका छन् ।

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताएका छन् ।

दुई पटक मिर्गौला प्रत्यारोप गराएका ओलीले भने, ‘म फुटबल खेल्थेँ, ब्याटमिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याटमिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’

खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उनले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : १६ बजे

क्यालिफोर्नियामा आँधी : भारी वर्षा र हिमपातले सयाैँ विस्थापित

एजेन्सी– क्यालिफोर्नियामा मङ्गलबार आएको आँधीका कारण  आवासीय घरहरू प्रभावित हुँदा

करेन्ट लागेर एक जनाको मृत्यु

डोटी– जोरायल गाउँपालिका-६ गापर बस्ने २८ वर्षीय खेम साउँदको करेन्ट लागेर मंगलबार

सप्तरीबाट करिब ८ सय किलो गाँजासहित एकजना पक्राउ

सप्तरी– छिन्नमस्ता  गाउँपालिका- ४ बाट अवैध लागूऔषध गाँजा करिब ८ सय

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु

एजेन्सी– टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार

क्यानाडामा उत्पादन र सेवा क्षेत्रमा गिरावट

एजेन्सी– क्यानाडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन अक्टोबर महिनामा शून्य दशमलव