वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा « Khabarhub

वडाध्यक्ष भएपछि पाएको पाँच लाख सेवासुविधा सामाजिक कार्यमा खर्चिने घोषणा


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठले वडाध्यक्षमा निर्वाचित भएपछि हालसम्म प्राप्त गरेको सेवा सुविधा बापतको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका छन् । इलामको गजुरमुखीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म कानुन बमोजिम प्राप्त गरेको रकम सामाजिक कार्यमा खर्चिने घोषणा गरेका हुन् ।

उनले नगरपालिकाबाट अहिलेसम्म सेवा सुविधा बापत पाँच लाख रुपैयाँ खातामा जम्मा भएको बताए । त्यसमध्ये दुई लाख रुपैयाँ माइस्थान मन्दिर क्षेत्र विकास समितिको अक्षय कोषमा जम्मा गर्ने बताए ।

अक्षय कोषबाट प्राप्त रकम इलाम बजारमा रहेका परेवाको चारो व्वयस्थापनमा खर्च हुने गरेको छ । बाँकी दुई लाख रुपैयाँ भने नेपाली कांग्रेसको जिल्ला कार्यालय भवन निर्माणका लागि दिने श्रेष्ठले घोषणा गरे । कांग्रेस इलामको आफ्नो कार्यालय भवन छैन । कांग्रेसले भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।

बाँकी रहेको एक लाख रुपैयाँ भने कांग्रेसको चालु महाधिवेशन र विभिन्न पालिकाहरुलाई सहयोग गरेको श्रेष्ठले बताए । आफू जनताको सेवाका लागि जनप्रतिनिधि भएको र जनताको सेवा गरे बापत सुविधा नलिने घोषणा गरेकाले कानुन बमोजिम प्राप्त रकम सामाजिक कार्यमा खर्चिएको उनले बताए ।

‘सेवा सुविधाका लागि जनप्रतिनिधि लिप्त हुनु हुँदैन, कानुन बमोजिम मेरो खातामा रकम जम्मा भयो,’ उनले भने, ‘त्यो रकम आफूले खर्च नगरेर मन्दिरको अक्षय कोष र पार्टीको लागि खर्च गर्ने निर्णय गरेको हुँ ।’

कांग्रेसका पूर्व सभापति केशव थापाले श्रेष्ठले महानता प्रकट गरेको टिप्पणी गरे । ‘सबैले गर्नुपर्छ भनेर म भन्दिनँ, सक्नेले गर्नुपर्छ,’ उनले भने, ‘यो एउटा महानता हो, यस्तो मान्छे थोरै हुन्छन् ।’

श्रेष्ठले नगरपालिकाबाट यातायात सुविधा लिएका छैनन् । इलाम नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल उपलब्ध गराएको छ । श्रेष्ठ २०४६ देखि विद्यार्थी राजनीतिबाट कांग्रेसँग जोडिएका हुन् । तरुण दल इलामका अध्यक्षसमेत रहेका श्रेष्ठ इलाम निर्वाचन क्षेत्र २ को क्षेत्रीय सभापतिका आकांक्षी हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ४० बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल