१२ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बोलबम धामको पुनर्निर्माण सुरु | Khabarhub Khabarhub

१२ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित बोलबम धामको पुनर्निर्माण सुरु


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- धार्मिक पर्यटनको विकास गर्न रुपन्देहीको पर्रोहा बोलबम धामलाई आकर्षक डिजाइनमा पुनर्निर्माण गर्न थालिएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको पर्रोहा बोलबम धाम पश्चिम नेपालकै ठूला शक्तिपीठ मध्येकै एक हो । १४ करोड रुपैयाँको लागतमा मूल मन्दिरसहितका संरचना निर्माण गर्न लागिएको र यसले बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक पर्यटनको केन्द्र बनाउने सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले बताए ।

सैनामैना नगरपालिकाले बोलबम धामको विकासका लागि गुरुयोजना बनाएर काम थालेको थियो । सोही गुरुयोजना अन्तर्गत नै पुनर्निर्माण सुरु गरिएको उनको भनाई छ ।

कार्कीका अनुसार बोलबम धाममा चारवटा ढोका हुनेछन् भने संरचनामा ५१ फिट लम्बाइको छानो हुनेछ । पहिलो चरणको काम सम्पन्न गर्न छ करोड ५७ लाख रुपैयाँमा ठेक्का सम्झौता भैसकेको छ । सम्झौता अनुसार पहिलो चरणमा प्यागोडा शैलीमा तामाको छानोसहित दुई तले मूल मन्दिर र सत्तल निर्माण हुने छ । यी संरचना दुई वर्षभित्र निर्माण सम्पन्न हुने नगर प्रमुख कार्कीले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवली चौधरीका अनुसार अहिले फाउन्डेशन निर्माणको काम सुरु भएको छ । दुई वर्षभित्रमा निर्माण थालिएका संरचनाको काम सकिने चौधरीले बताए । मूल मन्दिरका चारवटै कुनामा प्यागोडा शैलीका पन्चायतन मन्दिर बनाइने छ ।

नगरपालिकाका इन्जिनियर सुरज न्यौपानेका अनुसार मन्दिरको तल्लो तलामा २८ वटा र माथिल्लो तलामा २० वटा कलात्मक काठका टुँडाल रहनेछन् । बोलबम धाममा करिव पाँच सय किलोको मूल घण्ट, ५१ फिट अग्लो धातुको खम्बा बनाइने छ भने मन्दिरमा त्रिशूल र डमरु पनि रहने छ ।

त्यस्तै साढे पाँच फिटको मूल गजुर रहने इन्जिनियर न्यौपानेले बताए । संघीय सरकारको सशर्त अनुदानमा पुनर्निर्माण हुन थालेको मन्दिरमा सैनामैना नगरपालिकाको ३० प्रतिशत लागत सहभागिता रहने छ । मूल मन्दिरको पुर्वमा आकर्षक मूल प्रवेशद्वार र पश्चिममा पूजापाठ गर्ने कलात्मक गृह बनाइने र देवीदेवताका मूर्तिहरुलाई मूल मन्दिरबाट उत्तरमा राखी आकर्षक मन्दिर बनाउने गरी गुरुयोजना तयार पारिएको छ । मन्दिरको अग्रभागमा गणेश र कुमारले जलार्पण गरेको मूर्ति र हनुमानको मूर्ति बोलबम धामको आकर्षण हुनेछ ।

इन्जिनियर न्यौपानेका अनुसार धाममा प्यागोडा शैलीमै कलात्मक अग्निशाला, दक्षिणको सहायक प्रवेशद्वारलाई प्राचीन कलात्मक शैलीमा निर्माण गरिने छ । हाल जीर्ण अवस्थामा रहेको मन्दिर र मन्दिरसम्म पुग्ने सडकलाई हरियाली र आकर्षक बिजुलीबत्तीको व्यवस्थापन गरी सौन्दर्यीकरण गरिनेछ । मन्दिरको आयआर्जन बढाउन ११ वटा कलात्मक पसल समेत निर्माण गरिने छ भने ढल निकासको समेत व्यवस्था गरिने छ ।

धामको पुनर्निर्माण सम्पन्न भैसकेपछि वार्षिक १२ लाख धार्मिक पर्यटक भित्र्याउने नगरपालिकाको योजना छ । `मुक्तिनाथ र पशुनाथपछि सबैभन्दा ठूलो धामको रुपमा पर्रोहा बोलबम धाम रहेको छ, वार्षिक १२ लाख पर्यटक सहजै आउन सक्छन्,´कार्कीले भने । मूल मन्दिर निर्माणको पहिलो चरणको काम २०७९ मंसिर मसान्तसम्म पूरा हुने र दोस्रो चरणमा आठ करोड लागतका पूर्वाधारहरुको काम त्यसपछि अगाडि बढ्ने कार्कीले बताए ।

नेपालका विभिन्न जिल्लाका साथै भारतको उत्तरप्रदेशका हिन्दु धर्मावलम्बी लामो यात्रा गरेर बोलबम धाम आउने गरेका छन् । श्रावणी मेला भर्न ठूलो संख्यामा भारतीय पर्यटकहरु आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चौधरीले बताए । पर्रोहा परमेश्वर बोलबम धामलाई स्वयंउत्पत्तिमान शिव ज्योतिर्लिङ्गका रुपमा मानिँदै आएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ८ : ५९ बजे

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु