रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै « Khabarhub

रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो ।

हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिए । ‘कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा कालोपत्र तथा ग्राभेल हुनेछ’, उनले भने, ‘एक वर्ष अवधिको सम्झौता रहेको छ । त्यही आधारमा कालोपत्रको काम एक वर्षमा सम्पन्न हुनेछ ।’

नगरपालिका भित्रैका नौवटै वडासम्म सडक पुगेको र सबै वडामा सडक सञ्जालले जोडिएको उनले बताए । ‘क्रमशः सबै वडामा पुगेका ग्रामीण सडक कालोपत्र र ग्राभेल गर्ने योजना रहेको छ’, उनले भने, ‘हामीले नौवटै वडामा आफ्नै नगरपालिकाले स्काभेटर(डोजर) मार्फत सडक निर्माणको काम गरिरहेका छौँ ।’

नगरपालिका क्षेत्रका बस्ती बस्तीमा सडक पुर्‍याउने योजना रहेको र समाजलाई सम्झाउन नसक्दा आफ्नो प्रतिबद्धताअनुसार काम हुन नसकेको नगर प्रमुख काशीचन्द्र बरालले बताए ।

‘हामीले नागरिकसँग गरेका प्रतिबद्धताअनुसार नै काम गरिरहेका छौँ’, उनले भने, ‘हामीले ग्रामीण सडक मात्र निर्माण गरेका छैनौँ । त्यसको स्तरोन्नति र मर्मतसम्भारलाई त्यतिकै ध्यान दिएका छौँ ।’

जिल्लाका नौ वटा स्थानीय तहमध्ये ग्रामीण सडक कालोपत्र गर्ने पहिलो नगरपालिका भएको जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले बताए ।

‘जिल्लाका प्रायः सबै स्थानीय तहमा सडक पुगेका छन्’, उनले भने, ‘रास्कोट नगरपालिका जिल्लाकै पहिलो ग्रामीण सडक कालोपत्र गर्ने नगरपालिका भएको छ ।’

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  २ : १५ बजे

यःमरी पुन्हिको अवसरमा प्रदेश १ का मुख्यमन्त्री राईको शुभकामना

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हरेक

निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना

लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन्। डिना

प्रदूषण जाँच फेल भएका गाडी चलाए एक लाखसम्म जरिवाना

काठमाडौँ – वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच

निर्वाचन नतिजा समीक्षा गर्दै लोसपा

काठमा‍डौँ – लोकतान्त्रिक समाजवादी पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा