नयाँ कार्यक्रम नआएसम्म सर्वोच्च परिसरमा आन्दोलन जारी राख्छौँ : श्रेष्ठ | Khabarhub Khabarhub

नयाँ कार्यक्रम नआएसम्म सर्वोच्च परिसरमा आन्दोलन जारी राख्छौँ : श्रेष्ठ


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनको नयाँ कार्यक्रम नआउँदासम्म सार्वोच्च परिसरमा आन्दोलन यथावत रहने नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

सर्वोच्च अदालत मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलले आन्दोलनरत कानून व्यवसायीहरूलाई सोमबार फोन गरेर अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेका थिए ।

सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएपनि आन्दोलनको नयाँ कार्यक्रम नआएसम्म विरोधको कार्यधक्रमलाई यथावत राख्ने श्रेष्ठको भनाइ छ ।

आन्दोलन रोक्नको लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने उनको भनाइ छ । आवश्यकता अनुसार आन्दोलनको स्वरूप परिवर्तन भएपनि आन्दोलन भने स्थगित नहुने अध्यक्ष श्रेष्ठले बताए ।

सर्वोच्च परिसरमा कात्तिक १४ देखि कानून व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बार एसोसिएशनले करिब दुई महीनादेखि  जबराको राजीनामा माग गर्दै आएपनि प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ४० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका