नयाँ कार्यक्रम नआएसम्म सर्वोच्च परिसरमा आन्दोलन जारी राख्छौँ : श्रेष्ठ « Khabarhub

नयाँ कार्यक्रम नआएसम्म सर्वोच्च परिसरमा आन्दोलन जारी राख्छौँ : श्रेष्ठ


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आन्दोलनको नयाँ कार्यक्रम नआउँदासम्म सार्वोच्च परिसरमा आन्दोलन यथावत रहने नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताएका छन् ।

सर्वोच्च अदालत मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलले आन्दोलनरत कानून व्यवसायीहरूलाई सोमबार फोन गरेर अदालत परिसरमा नाराबाजी नगर्न आग्रह गरेका थिए ।

सर्वोच्च प्रशासनका तर्फबाट आफूहरूलाई नाराबाजी र माइक प्रयोग नगर्न भनिएपनि आन्दोलनको नयाँ कार्यक्रम नआएसम्म विरोधको कार्यधक्रमलाई यथावत राख्ने श्रेष्ठको भनाइ छ ।

आन्दोलन रोक्नको लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा दिनुपर्ने उनको भनाइ छ । आवश्यकता अनुसार आन्दोलनको स्वरूप परिवर्तन भएपनि आन्दोलन भने स्थगित नहुने अध्यक्ष श्रेष्ठले बताए ।

सर्वोच्च परिसरमा कात्तिक १४ देखि कानून व्यवसायीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

न्यायपालिका सुधार आवश्यक रहेको भन्दै सर्वोच्च १९ जना न्यायाधीश, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र नेपाल बार एसोसिएशनले करिब दुई महीनादेखि  जबराको राजीनामा माग गर्दै आएपनि प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने पक्षमा देखिएका छैनन् ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  १ : ४० बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि