बाजुरामा पहिलो डोज खोप लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन् « Khabarhub

बाजुरामा पहिलो डोज खोप लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन्


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज खोप नलगाएको पाइएको छ । विभिन्न चरणमा गरी पहिलो मात्रा लगाएका १२ हजार ४६९ जनाले दोस्रो मात्रा नलगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भेरोसेल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारको खोप लगााइएको थियो । बाजुराका नौवटै स्थानीय तहबाट भेरोसेल र कोभिसिल्ड गरी ५५ हजार २६२ जनाले पहिलो मात्राको खोप लगाएका थिए । ३८ हजार ५९० जनाले भेरोसेल र १६ हजार ६७२ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका स्वास्थ्यकर्मीले बताएका छन् ।

तीमध्ये दोस्रो चरणमा २९ हजार २६१ जनाले भेरोसेल र १३ हजार ७३२ जनाले कोभिसिल्ड गरी ४२ हजार ९९३ जनाले मात्र खोपको दोस्रो मात्रा लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप शाखाका अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । १२ हजार २६९ जनाले दोस्रो मात्राको खोप नलगाएको उनले बताए ।

बाजुरामा १८ वर्षमाथिका ९९ हजार ६२ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा पाँच हजार ९७८ जनाले जोन्सन एन्ड जोन्सन र ४२ हजार ९९३ जनाले भेरोसेल र कोभिसिल्डको पूर्ण खोप लगाएको न्यौपानेले बताए ।

जिल्लाका उत्तरी क्षेत्रका चारवटा पालिकालाई पायक पर्ने गरी कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, दक्षिणी क्षेत्रका पालिकाहरूलाई पायक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र अन्य पालिकालाई पायक पर्ने गरी जनस्वास्थ्य प्रवर्द्धन एकाइबाट कोरोनाविरुद्धको खोप लगाइँदै आएको छ । विभिन्न चरणमा जिल्लाका नौवटै पालिकाका स्वास्थ्य चौकीदेखि लिएर टोलटोलसम्म गरी ८४ वटा खोपकेन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । न्युजकारखाना

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : १८ बजे

सुडानको अस्पतालमा ड्रोन आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– मध्य सुडानको ह्वाइट नाइल राज्यको अल–जबालाइन अस्पताललाई लक्षित गरी

हायसको ठक्करबाट एक जनाको मृत्यु

बाँके– राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा भे.१ ज १५०५ नम्बरको हायस गाडीको ठक्करबाट

संसद्‍मा प्रतिपक्षीलाई दमन गर्ने, नागरिकको मुद्दालाई बन्देज काम हुँदैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले संसद्‍मा लोकतान्त्रिक प्रणालीलाई

कञ्चनपुर-कमला सडक विस्तारमा ढिलासुस्ती

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्ती र

जनताप्रति जबाफदेही भएर काम गर्छौँ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले आफूहरू जनताप्रति