बाजुरामा पहिलो डोज खोप लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन् « Khabarhub

बाजुरामा पहिलो डोज खोप लगाएका १२ हजार बढीले दोस्रो डोज लगाएनन्


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका १२ हजारभन्दा बढीले दोस्रो डोज खोप नलगाएको पाइएको छ । विभिन्न चरणमा गरी पहिलो मात्रा लगाएका १२ हजार ४६९ जनाले दोस्रो मात्रा नलगाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भेरोसेल, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सन गरी तीन प्रकारको खोप लगााइएको थियो । बाजुराका नौवटै स्थानीय तहबाट भेरोसेल र कोभिसिल्ड गरी ५५ हजार २६२ जनाले पहिलो मात्राको खोप लगाएका थिए । ३८ हजार ५९० जनाले भेरोसेल र १६ हजार ६७२ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका स्वास्थ्यकर्मीले बताएका छन् ।

तीमध्ये दोस्रो चरणमा २९ हजार २६१ जनाले भेरोसेल र १३ हजार ७३२ जनाले कोभिसिल्ड गरी ४२ हजार ९९३ जनाले मात्र खोपको दोस्रो मात्रा लगाएको जिल्ला स्वास्थ्य कार्यालयका खोप शाखाका अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । १२ हजार २६९ जनाले दोस्रो मात्राको खोप नलगाएको उनले बताए ।

बाजुरामा १८ वर्षमाथिका ९९ हजार ६२ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा पाँच हजार ९७८ जनाले जोन्सन एन्ड जोन्सन र ४२ हजार ९९३ जनाले भेरोसेल र कोभिसिल्डको पूर्ण खोप लगाएको न्यौपानेले बताए ।

जिल्लाका उत्तरी क्षेत्रका चारवटा पालिकालाई पायक पर्ने गरी कोल्टी प्राथामिक स्वास्थ्य केन्द्र, दक्षिणी क्षेत्रका पालिकाहरूलाई पायक पर्ने गरी टाँटे स्वास्थ्य चौकी र अन्य पालिकालाई पायक पर्ने गरी जनस्वास्थ्य प्रवर्द्धन एकाइबाट कोरोनाविरुद्धको खोप लगाइँदै आएको छ । विभिन्न चरणमा जिल्लाका नौवटै पालिकाका स्वास्थ्य चौकीदेखि लिएर टोलटोलसम्म गरी ८४ वटा खोपकेन्द्रबाट खोप अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले बताए । न्युजकारखाना

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : १८ बजे

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर

आइसिसी महिला टी-२० विश्वकप छनोट: पहिलो खेलमा आज थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं – नेपालको आयोजनामा आजदेखि आइसिसी महिला टी-२० विश्वकप ग्लोबल

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको