ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बु समुदायको चासो « Khabarhub

ऐतिहासिक गढी संरक्षणमा विभाग र लिम्बु समुदायको चासो


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– संरक्षणमा ध्यान नपुग्दा ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाहरू लोप हुँदै गएका छन् । पहिलो पुस्ताले संरक्षणमा ध्यान नपुर्‍याउनु र पछिल्लो पुस्ताले पनि चासो नदिनुले यी र यस्ता सम्पदाहरू लोप हुँदै गएका हुन् ।

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू लोप भइरहेको बेला तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ ।

नेपाल एकीकरण पूर्व लिम्बूहरूले आ–आफ्नै गढ निमार्ण गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोहीअनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बूहरूको पुर्खाहरूको गढी रहेको थियो । संरक्षणको अभावमा भग्नावशेष मात्र रहेको यो गढी संरक्षणका लागि पुरातात्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक तथा युवा खोज अभियान्ता चिनकुमार लिम्बुले बताए ।

लिम्बुका अनुसार गढी संरक्षणका लागि देश तथा विभिन्न मुलुकहरूमा खजुम लिम्बूहरूले अभियान सञ्चालन सुरु गरेका छन् । गढीसँगै यहाँ रहेका ऐतिहासिक स्थलहरू बगरेट, बहार मन्दिर, कालुमडाडालगायतका स्थानहरूलाई संरक्षण गर्ने तयारी भइरहेको छ ।

लिम्बू समुदायको विवाहपश्चात सयमुन्द्री (बागदत्त) छिनाउँदा र लगन राख्दा गढीलाई सम्बोधन गर्ने गरिन्छ । लिम्बु समुदायसँग अस्तित्व जोडिएको स्थल भएकाले संरक्षणमा जोड दिनुपर्ने पुरातत्व विभागका अम्बिका खजुमको भनाइ छ । गढी संरक्षणका लागि समिति नै निमार्ण गरी केही वर्ष अघिदेखी अभियान सुरु भएको छ ।

खजुम लिम्बुहरूको पहिचानको रूपमा रहेको गढीलाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले संरक्षणमा जुटेको योमुई चाम्खासिङ खजुमहाङ चुम्भोका केन्द्रीय अध्यक्ष उमेशचन्द्र पारघारीले बताए ।

खजुम लिम्बुहरू कुरुम्भङ, चोङबाङ, पारघारी, लेक्वा र वयाङ खजुम गरी पाँच थरी छन् । गढी संरक्षणमा खजुम लिम्बूहरूको अग्रजदेखि युवा पुस्ताहरूले ध्यान दिन आवश्यक देखिन्छ । न्युजकारखाना

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ४ : ३३ बजे

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा

जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ – मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

ट्रम्पले भने : इरानविरुद्धकाे सबै कार्ड अमेरिकाको हातमा छ

वासिङ्टन – इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट

काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको