कुटपिटबाट दुई जनाको मृत्यु « Khabarhub

कुटपिटबाट दुई जनाको मृत्यु


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– संखुवासभामा दुई स्थानमा भएको कुटपिटबाट दुई जनाको मृत्यु भएको छ । कुटपिटबाट पाँचखपन नगरपालिका ३ की २९ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारी जानकारी दिए ।

प्रहरीले विष्णुमायाको हत्यामा संम्लग्न भएको आरोपमा श्रीमान दिपन राईलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अधिकारी बताए ।

त्यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जी मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । उनीहरूबीच भएको विवादमा कुटपिट हुँदा चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते चन्द्रबहादुरको उपचारका क्रममा जिल्ला अस्पताल संखुवासभामा मंगलबार दिउँसो मृत्यु भएको हो ।

हत्यामा संम्लग्न भएको आरोपमा जीवन दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ४७ बजे

ओलीले टिकट नदिएपछि विष्णु रिजाल लेख्छन्- तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन

काठमाडौं – नेकपा (एमाले) युवा नेता विष्णु रिजालले कार्यकर्ताको रोजाइमा

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक आज

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको