हामीलाई देखेपछि एमालेका सांसद संसदमा आउँछन्, नारा लगाएर जान्छन् : माधव नेपाल « Khabarhub

हामीलाई देखेपछि एमालेका सांसद संसदमा आउँछन्, नारा लगाएर जान्छन् : माधव नेपाल


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको प्रमुख प्रतिद्वन्द्वी एमाले भएको बताएका छन् । पोखरामा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले आफ्नो पार्टीका लागि प्रमुख राजनीतिक प्रतिद्वन्द्वी भएको बताएका हुन् ।

‘सबैभन्दा पहिलो र चुरो कुरालाई आत्मसात गर्नुपर्दछ । हामीले विद्रोह गरेको समूह, केपी ओलीको प्राइभेट कम्पनीमा परिणत भएको कथित नेकपा एमाले हाम्रो प्रमुख प्रतिद्वन्द्वी हो । उसले हामीलाई शत्रु घोषणा गरेको छ,’ नेपालले भने, ‘हामी सहभागी कुनै कार्यक्रममा जान्न भन्ने ओली संयोगवश कांग्रेसको कार्यक्रममा अनुहार हेर्न पुगे । एउटै स्टेजमा बस्न हुने, अरू ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ?’ एमालेले संसदीय मर्यादा पालना नगरेको उनको टिप्पणी छ ।

‘हामी आएपछि संसद्को बैठकमा आएका छैनन् । आउँछन् तर नारा लगाएर जान्छन् । संसदीय मर्यादा पालना गर भन्दै एमालेले नारा लगाउनु हास्यास्पद छ,’ उनले भने । उनले एक भएर अगाडि बढ्दा प्रमुख प्रतिद्वन्द्वीसँग जुध्न सकिने प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले संसद्मा आफ्नो उपस्थितिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सातो गएको दाबी गरेका थिए ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ९ : २३ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)