मुख्यमन्त्रीविरूद्धका अविश्वास प्रस्तावमा समर्थन गर्ने/नगर्नेबारे देउवाले गरे छलफल « Khabarhub

मुख्यमन्त्रीविरूद्धका अविश्वास प्रस्तावमा समर्थन गर्ने/नगर्नेबारे देउवाले गरे छलफल


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा के गर्ने भन्नेबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन्।

देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशका मुख्यमन्त्रीहरू विरूद्धमा उभिने कि सघाउने भन्नेबारे छलफल भएको थियो।

बागमती प्रदेशमा नेकपाका प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए।

सभापति देउवाले राखेको उक्त छलफलमा सहभागी रहेका कांग्रेसका एक जना केन्द्रीय सदस्यले अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशहरूमा पार्टीले के गर्ने भन्ने छलफल भए पनि कुनै निर्णय भएको छैन।

ती नेताका अनुसार सम्बन्धित प्रदेशका संसदीय दलको बैठक गर्ने र संसदीय दलको निर्णयअनुसार पार्टीले औपचारिक निर्णयहरू गर्ने तयारी छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही केन्द्रीय सदस्य उपस्थित थिए। मुख्यगरी बागमती प्रदेशभित्र रहेका केन्द्रीय सदस्यहरूलाई देउवाले बैठकमा बोलाएका थिए।

कांग्रेसको प्रदेशमा पार्टी संरचना छैन। प्रदेशमा के गर्ने भन्नेबारे केन्द्रीय समितिबाटै निर्णय गर्नु पर्ने हुन्छ। कांग्रेस केन्द्रीय समितिको बैठक माघ १३ गते बस्दैछ।

आजको बागमती प्रदेश सभाको बैठकमा मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव टेबुल हुनेछ।

बागमती र प्रदेश नम्बर १ मा नेकपाका जुन समूहलाई कांग्रेसले सहयोग गर्छ त्यसलाई बहुमत पुर्‍याउन सहज हुन्छ। दुबै प्रदेशमा कांग्रेस निर्णायक छ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  १ : ५१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल