भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन « Khabarhub

भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको निधन


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय भजन सम्राट नरेन्द्र चञ्चलको नयाँदिल्लीको अपोलो अस्पतालमा निधन भएको छ । उनी ८० वर्षका थिए । नरेन्द्र विगत तीन महिनादेखि अस्वस्थ थिए । बिरामी परेपछि उनको अस्पतालमा उपचार भइरहेको थियो ।

उनले स्वर दिएका कैयौं भजन प्रख्यात छन् । साथै उनले हिन्दी फिल्ममा समेत स्वर दिएका छन् ।

उनको लोकप्रियता शास्त्रीय संगीतसँगै लोक संगीतमा पनि थियो । उनले बाल्यकालदेखि नै आमा कैलाशवतीले मातारानीको भजन गाउँदै गरेको देखेका थिए । त्यहीकारण उनको रुची गायकीमा बढ्यो । उनको बदमासी स्वभाव र चञ्चल बानीका कारण उनलाई शिक्षकले ‘चञ्चल’ भनेर बोलाउँथे । त्यसपछि उनले आफ्नो नाममा सदैव चञ्चल जोडे ।

उनले राज कपूरको फिल्म ‘बबी’मा ‘बेशक मन्दिर मस्जिद तोडो’ गाएका थिए । यो गीत आज पनि मानिसको जिब्रोमा झुण्डिएको छ । फिल्म ‘आशा’मा उनले गाएको माता भजन ‘चलो बुलावा आया है’ले उनलाई रातारात लोकप्रिय बनाएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ३ : २० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’