मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस (भिडियोसहित) | Khabarhub Khabarhub

मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस (भिडियोसहित)


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ ।

शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका हुन ।

हेरौँ भिडियो

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत उनले बताए ।

अब प्रदेश सभाको आउँदो १९ गते २ बजे बस्ने बैठकमा अविस्वास प्रस्तावमाथि छलफल हुनेछ । प्रदेश सभाका सभामुख श्रेष्ठले अर्को बैठकमा छलफल गर्ने गरि शुक्रवारका लागि बैठक सकिएको जानकारी गराएका थिए ।

गएको पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ०७ बजे

भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको दोस्रो सेमिफाइनल खेल आज

पर्वले नेपालीबीच आपसी सद्भाव बलियो बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव,

ट्रम्पको शरणार्थी सम्बन्धी निर्णयमा जिल्ला न्यायाधीशले लगाए रोक

वाशिंटन – शरणार्थी दर्ता कार्यक्रम स्थगित गर्ने डोनाल्ड ट्रम्पको निर्णयलाई

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र

स्पेनका लागि नेपाली राजदूतबाट ओहोदाको प्रमाणपत्र प्रस्तुत

स्पेन– स्पेनका लागि नेपालका  राजदूत शनिल नेपालले नरेश फेलिपे छैटौँ