शहीदका परिवारलाई जागिर दिने मन्त्री साहको घोषणा « Khabarhub

शहीदका परिवारलाई जागिर दिने मन्त्री साहको घोषणा


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका आन्दोलनहरूका शहीद परिवारलाई जागिर दिने घोषणा गरेका छन् ।

शुक्रबार रौतहटको माधव नारायण नगरपालिका-५, मिठुअवामा जनयुद्धका शहीद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब-ईन्जिनियर पढेका शहीद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने बताएका हुन ।

आफू बहाल रहेको शहरी विकास मन्त्रालय निर्माणसँग सम्बन्धित रहेकोले शहीद परिवारमा सिभिल ईन्जिनियर तथा सब-ईन्जिनियर पढेकालाई जागिरको व्यवस्था गर्ने मन्त्री साहले बताए ।

जनयुद्धको नेतृत्व गरेको प्रचण्डले शान्ति प्रक्रिया यता सरकारी कुर्सीमा बसे पछि र शहरिया बिलासी जीवन बिताउन थालेपछि शहीद परिवारलाई भुलेको बताउँदै मन्त्री साहले सरकारले वर्तमान सरकारको प्राथमिकतामा शहीद परिवार रहेको बताए ।

शहिदहरुले दिएको बलिदानीकै कारण देशमा नयाँ व्यवस्था आएको स्मरण गर्दै मन्त्री साहले शहीदको सपना साकार पार्न अन्तिमसम्म लडिरहने प्रतिबद्धता जनाए ।

तीन सयभन्दा बढी शहिद परिवारको सदस्यहरु कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा नेकपा प्रदेश सदस्य त्रिभुवन साह, नेता उपेन्द्र साह, संविधानसभा सदस्य अब्दुल कलाम अजाद, निवर्तमान सांसदद्वय समिना हुसेन तथा रेखा झा, मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, माधव नारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी महतो, देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी पटेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ९ : ३५ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर