फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी :  इजरायली स्वास्थ्य मन्त्रालय « Khabarhub

फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी :  इजरायली स्वास्थ्य मन्त्रालय


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ ।

इजरायलमा सरकारले व्यापक खोप अभियान सञ्चालन गरिरहेको छ ।  इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तीब्र रहेको छ । डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झण्डै २८ लाख ८० हजार व्यक्तिलाई दुई डोज खोप दिइएको छ ।  खोप लिएका व्यक्तिमा गरिएको अनुसन्धानबाट खोपले झण्डै ९५.८ प्रतिशत प्रभावकारी प्रमाणित भएको मन्त्रालयले जनाएको छ ।

साथै, फाइजरको खोप गम्भीर बिरामी व्यक्तिका लागि ९९.२ प्रतिशत र मृत्युदर रोक्न ९८.९ प्रतिशत सफल रहेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयका महानिर्देशक हेजी लेभीले शनिबार विज्ञप्ति जारी गर्दै सरकारले १६ वर्ष वा सोभन्दा माथिका सबै जनतालाई खोप लगाउने योजना रहेको उल्लेख छ ।

इजरायलले बजारमूल्य भन्दा बढीमा फाइजर खोप किन्नुका साथै अमेरिकी कम्पनी फाइजरसँग डेटा आदानप्रदान गर्न सहमति जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ६ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु