नेपालमा पनि फ्रेन्चाइज फुटबल हुने, पहिलो संस्करण वैशाखमा | Khabarhub Khabarhub

नेपालमा पनि फ्रेन्चाइज फुटबल हुने, पहिलो संस्करण वैशाखमा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलोपटक फ्रेन्चाइज मोडलमा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म ‘नेपाल सुपर लिग’ को पहिलो संस्करण सञ्चालन हुने जानकारी दिइयो ।

पहिलो संस्करणमा देशभरिका विभिन्न प्रदेशहरुबाट प्रतिनिधित्व गर्ने गरि विभिन्न शहरहरुका फ्रेन्चाइज टिमहरु सहभागी हुनेछन् ।

टिमको नाम र टिम मालिकको जानकारी एक विशेष समारोहका बीच यसै महिनाभित्र सार्वजनिक गर्ने जानकारी दिइएको छ ।

अक्सनको माध्यमबाट टिम बनाई खेलाडीहरुलाई विभिन्न टिममा विभाजन गरिने नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘यस प्रतियोगिता गर्नुको मुख्य उद्देश्य निजी क्षेत्रलाई फुटबलमा प्रवेश गराई खेलाडीहरू र फुटबल खेललाई थप व्यवसायिक बनाउन टेवा पुर्‍याउने हो,’ विज्ञप्तिमा भनिएको छ ।

हरेक टिममा विदेशीसहित विभिन्न श्रेणीका २० खेलाडीहरु रहनेछन् । राउन्ड रोविन लिग फर्म्याटमा हुने प्रतियोगितामा १९ खेलहरु हुनेछन् । खेलाडीको श्रेणी छुट्याउने काम एन्फासँगको सहकार्यमा हुने जनाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : २१ बजे

कैलालीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

सुदूरपश्चिम – कैलाली प्रहरीले गोदावरी नगरपालिका–८ स्याउले गाउँका दुई जनालाई

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख